Section 44
बिरामी बिदा
: (१) श्रमिकले वार्षिक बाह्र दिन पारिश्रमिक सहितको बिरामी बिदा पाउनेछ ।
तर एक वर्ष वा सोभन्दा कम अवधि काम गर्ने श्रमिकले सोही अनुपातमा विरामी बिदा पाउनेछ ।
(२) लगातार तीन दिनभन्दा बढी बिरामी बिदा माग गर्ने श्रमिकले मान्यताप्राप्त चिकित्सकसँग जाँच गराएको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
(३) अचानक विरामी भई बिदा बस्नु परेमा श्रमिकले उपलव्ध भएसम्म छिटो साधनद्वारा
रोजगारदाता वा रोजगारदाताले तोकेको व्यक्तिलाई जानकारी दिनु पर्नेछ ।